करेन्ट लागेर गड्डाचौकीमा एक बालकको मृत्यु
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १० गड्डाचौकीमा विद्युतीय करेन्ट लागी एक बालकको मृत्यु भएको छ ।
बैतडी घर भई हाल कञ्चनपुरको गड्डाचौकी स्थित माइती घरमा बस्दै आएकी तुलसी कोलीको दुई वर्षीय छोरा आरव कोलीको मृत्यु भएको हो ।
सोमबार साँझतिर घरमा टिभीको लाइन जोड्ने क्रममा एक्कासि करेन्ट लागेर घाइते भई उपचारको क्रममा महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा मृत्यु भएको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्