ड्रागन बोट रेस’को उपाधि सिचुवानलाई

कास्की । नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस चीनको सिचुवान ड्रागन बोट टोलीले हात पारेको छ ।
शुक्रबारदेखि जारी खेलमा २ सय र ५ सय मिटरको दुवै प्रतिस्पर्धामा सिचुवानले जीत हात पारेको हो । योसँगै सिचुवानले ५ लाख ५० हजारको दरले ११ लाख रुपैयाँको पुरस्कार राशि हात पारेको छ ।
प्रतियोगितामा नेपाली टिम नारा ड्रागन दोस्रो भएको छ । दुवै विधामा दोस्रो स्थान बनेसँगै नाराले ३ लाख ५० हजार रुपैयाँका दरले ७ लाख रुपैयाँ हात पारेको छ ।

चीनकै युनान ड्रागन बोट टिम तेस्रो भएको छ । युनानले २ लाखका दरले ४ लाख रुपैयाँ हात पारेको हो ।
फेस्टिभलमा प्रयोग गरिएको ८ वटा डुङ्गा चीन सरकारले पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्