जिप दुर्घटनामा घाइते मन्त्री सिंहको निधन

बाँके । जिप दुर्घटनामा गम्भीर घाइते हुनुभएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको उपचारका क्रममा निधन भएको छ । उहाँको आज साँझ नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हाे ।
योसँगै दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा मन्त्री सिंहसहित उहाँकी श्रीमती अमृता सिंह र भाउजु जयादेवी सिंहको समेत मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका मन्त्री सिंहलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत बाँके लगिएको थियो । दुर्घटनाग्रस्त जिपका चालक धर्मराज जोशी र मन्त्री सिंहका अंगरक्षक प्रहरी सहायक हवल्दार दीपक भण्डारीको उपचार जारी रहेकाे अस्पतालले जनाएकाे छ ।
मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको जिप डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडमा सडकबाट झण्डै ५० मिटर तल कालङ्गा खोलामा खसेको थियाे ।







प्रतिक्रिया राख्नुहोस्