नवलपरासीको रामग्राममा चट्याङ लागेर एक जनाको मृत्यु
नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा चट्याङ लाग्दा आज बिहान एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामग्राम नगरपालिका वडा नम्बर १० स्थित नदुवा बस्ने अन्दाजी ४० वर्षका विनोद कहार रहेका प्रहरीले जनाएको छ ।
खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका कोहारलाई सिटी अस्पताल भैरहवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेयले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्