तपाईँ सुन्दै हुनुहुन्छः

दस्ताबेजलाई अन्तिम रूप दिन रास्वपाको १७ सदस्यीय कार्यदल गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी, (रास्वपा) ले पार्टीको नीति, विचार र सिद्धान्तसम्बन्धी दस्ताबेजलाई अन्तिम रूप दिन आज १७ सदस्यीय कार्यदल गठन गरेको छ ।

पार्टीका महामन्त्री डा मुकुल ढकालको नेतृत्वमा उक्त कार्यदल बनाइएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार आन्तरिक छलफलका लागि तयार पारेको दस्ताबेजलाई अझै स्पष्ट बनाउन पदाधिकारीसहितको कार्यदल बनाइएको हो । 

उक्त कार्यदलमा पदाधिकारीबाट महामन्त्री डा ढकाल र सहमहामन्त्री बुर्लाकोटी रहनुभएको सो पार्टीले जनाएको छ । अन्य सदस्यबारे निर्णय हुन बाँकी रहेको बुर्लाकोटीले जनाइएको छ । उक्त दस्ताबेजमाथि पटक पटक छलफल गरेर भदौको मध्यसम्म अन्तिम रूप दिने तयारी रहेका सो पार्टीले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button