तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङमा पहिरोमा परी गम्भीर घाइते भएकाको हेलिकप्टरबाट उद्धार 

ताप्लेजुङ । पहिरोमा परी गम्भीर घाइते भएका ताप्लेजुङ मेहेलेका एक जनाको उपचारका लागि हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । सिदिङ्वा गाउँपालिका–६ मेहेलेका राजकुमार राईलाई हेलिकप्टर मार्फत उपचारका लागि विराटनगर लगिएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सेनाको हेलिकप्टर उद्धारका लागि यहाँ पुगे पनि अविरल वर्षाका कारण केही समय रोकिएको थियो । मौसममा केही सुधार आएसँगै हेलिकोप्टरमार्फत उद्धार गरिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी गोमादेवि चेम्जोङले बताउनुभयो ।

पहिरोले बगाएका राजकुमारलाई स्थानीयले घाइते अवस्थामा उद्धार गरेका थिए । ‘उहाँसँगै उद्धार गरिएका ३६ वर्षीय सुरेश राईको मृत्यु भइसकेको छ भने पहिरोले बगाएका सुरेशका बुबा ६७ वर्षीय केशरकुमार मृत अवस्थामा फेला परेका थिए । 

आइतबार बेपत्ता गणेश तामाङको शव फेला परेको थियो । ताप्लेजुङमा शनिवार राति देखि अविरल रुपमा परेको वर्षाका कारण एकाघरका ३ जना बेपता बनेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक राजन लिम्बुले जानकारी दिनुभयो ।  बेपता हुनेहरूमा  ६३ वर्षीय भगिमाया बुढाक्षेत्री, ३३ वर्षीया सम्ध्या बुढाक्षेत्री र ९ वर्षीय प्रज्वल बेपता बनेका छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button