तपाईँ सुन्दै हुनुहुन्छः

मटिहानी नगरपालिकाले २० वर्ष पूरा गरी छोरीलाई विवाह गर्ने अभिभावकहरूलाई गरियो सम्मान

महोत्तरी ।महोत्तरीको मटिहानी नगरपालिकाको महिला बालबालिका ज्येष्ठ नागरिक शाखाले बालविवाह न्यूनीकरण कार्यक्रम अन्तर्गत २० वर्ष उमेर पूरा गरी छोरीलाई विवाह गर्ने अभिभावकहरूलाई आज एक कार्यक्रम बीच सम्मान गरिएको छ ।

पालिकामा गणकहरूले गरेको बालविवाह सम्बन्धी तथ्याङ्क सङ्कलनको आधारमा ३७ प्रतिशत बालविवाह हुने गरेको पाइएको छ । बालविवाहलाई निरुत्साहित गर्ने उद्देश्यले वडाले सिफारिस गरेका अभिभावकलाई सम्मान गरिएको शाखा प्रमुख दीपा दासले बताइन् ।

२० वर्ष उमेर पूरा गरी छोरीलाई विवाह गर्ने ४१ जना अभिभावकलाई मटिहानी नगरपालिका नगर प्रमुख हरि प्रसाद मण्डल र प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै नगर प्रमुख हरि प्रसाद मण्डलले समाजमा विद्यमान रहेको बालविवाहलाई निरुत्साहित गर्नु पर्ने बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले बालविवाह सामाजिक अपराध हो, बालविवाह सामाजिक कुरीति रहेकोले अन्त्य गर्नु पर्ने भन्नु भयो ।

कार्यक्रममा प्रहरी उपरीक्षक प्रकाश मल्ल, मटिहानी नगरपालिका उप-प्रमुख मन्जु देवी साह, वडा अध्यक्षहरू रयुफ शेष, कलीम अंसारी, अब्दुल गफार राईन लगायतका वक्ताहरू बालविवाह निरुत्साहित गर्ने बारे प्रकाश पार्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button