कोहलपुरमा रहेको एक उद्योगमा करेन्ट लागेर एक मजदुरको मृत्यु

बाँके । कोहलपुर नगरपालिका वडा नं १४ मा रहेको गणपति प्लाइउड उद्योग प्रा.लि. मा कार्यरत एक मजदुरको करेन्ट लागेर ज्यान गएको छ ।
फ्याक्ट्रीमा काम गरि रहेकै अवस्थामा करेन्ट लागेर कोहलपुर ७ लखनावारका ५० बर्षिया हर भजन थारूको ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारीले जानकारी दिनुभएको छ । आइतबार साँझ ६ः ३० बजे करेन्ट लागेर घाइते भएका थारू लाई उपचार गर्न लैजाँदै गर्दा बाटैमै मृत्यु भएको मृतकका आफन्तले जानकारी दिनुभएको छ।
मृतकको शव हाल भेरी अञ्चल अस्पताल नेपालगञ्जमा राखिएको मृतकका छोरा किस मोहन थारूले जानकारी दिनुभयो । आइतबार साँझ नै हर भजनको मृत्यु भएको भएपनि सोमवार बिहान सम्म कम्पनी सञ्चालकहरू सम्पर्कमा समेत नआएको गुनासो छोरा किस मोहनले गर्नुभयो । फ्याक्ट्रीले पर्याप्त सुरक्षा मापदण्ड नअपनाउँदा बाबुको मृत्यु भएको भन्दै छोरा किस मोहनले क्षतिपूर्तिको माग समेत गर्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्