बन्दले सुदूरपश्चिम क्षेत्रकाे जनजीवन प्रभावित
कञ्चनपुर । सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ भइरहेको आन्दोलनका क्रममा आज आह्वान गरिएको सुदूरपश्चिम बन्दका कारण कञ्चनपुर लगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण बजार, व्यवसाय, शिक्षण संस्था,यातायात ठप्प हुँदा जनजीवन प्रभावित भएको छ । बन्दका कारण विद्यालय चलन नसक्दा दादुरा रुवेला खोप अभियानमा समेत प्रभाव परेको छ ।








प्रतिक्रिया राख्नुहोस्