प्रतिनिधि सभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा सांसदहरुले नागरिकता विधेयक, सडकलगायत पूर्वाधार निर्माणमा भइरहेको ढिलासुस्ती, मल तथा बिउबिजनमा देखिएको अभाव लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
आजको बैठकको शुन्य समयमा सांसदहरुले जातीय छुवाछुत दण्डनीय भए पनि यो विभेद् अन्त्य हुन नसकेको, शून्य समयमा सांसदहरुले गर्मी बढ्दा मधेशमा जनजीवन प्रभावित भएको लगायतका विषयमा सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा खानी उत्खनन गर्ने विषय राखेको भए पनि त्यसलाई कार्यान्वयनका लागि पूर्वाधार निर्माणमा ध्यान पुर्याउन नसकेको बताउनुभयो ।
सांसदहरुले सवारी दुर्घटना बढ्न थालेकाले, सडक सुरक्षामा ध्यान दिन नसकेको भन्दै सडक सुरक्षाको मापदण्ड पूरा नभएको विषयलाई सरकार गम्भीर बन्नु पर्ने बताउनुभयो
सांसदहरुले वर्षे बाली लगाउने बेलामा किसानले मलखाद र बिउबिजन पाउन नसकेको, भारतसँगको सीमा नाकाबाट मल तथा बिउबिजन चोरी निकासी हुने गरेको र सरकारका सम्बन्धित निकायले यो विषयलाई ध्यान पुर्याउन नसकेको तर्फको सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरूले निर्वाचन आयोगको भूमिका खुम्चिने गरी बजेटमा व्यवस्था भएकोमा त्यसलाई सच्याउनुपर्ने भन्दै निर्वाचन आयोग जस्तो संवैधानिक निकायका जिल्ला कार्यालयले खारेज गरिनु अनुपयुक्त हुने बताउनुभयो ।
पुँजीगत खर्च घट्दै जानु चिन्ताको विषय भएकाले यो बढाउने गरी सोच्नु पर्ने सांसदहरुले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्