प्रधानमन्त्रीद्वारा उपप्रधानमन्त्री खड्काको परिवारप्रति समवेदना व्यक्त
सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेतको वीरेन्द्रनगर आइपुग्नुभएको छ ।

प्रधानमन्त्री दाहालसँगै पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्र मन्त्री एनपी साउद, नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक लगायतका नेता पनि सुर्खेत आइपुग्नुभएको छ ।

सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल खप्तडको गंगा दशहरा मेलाको उद्घाटन लागि जाने क्रममा प्रधानमन्त्री दाहालले सडक दुर्घटनामा ज्यान गुमाउनुभएकी उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी भाइ बुहारीको परिवारप्रति समवेदना प्रकट गर्नुभयो ।
प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का श्रीमती ५३ वर्षीया डा. सञ्जु खाती खड्काको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्