‘शेयरपुर’ सार्वजनिक
काठमाडौँ । शेयर बजार र लगानीसम्बन्धी भोगाइ र कल्पनाका आधारमा नेपाल आर्थिक पत्रकार समाज सेजनका पूर्व अध्यक्ष नारायण सापकोटाले लेख्नुभएको ‘शेयरपुर’ नामक उपन्यास सार्वजनिक भएको छ ।

मङ्गलवार काठमाडौँमा आयोजित संक्षिप्त कार्यक्रमबीच आर्थिक पत्रकारहरूले सामूहिक रुपमा पुस्तकको विमोचन गर्नुभयो ।
लामो समय नेपालमा पत्रकारिता गर्नुभएका सापकोटा एक दशकयता अमेरिकामा बसोबास गर्दै आउनुभएको छ ।
नेपालमा छँदा शेयर बजार, वित्त र बैङ्किङ सम्बन्धी रिपोर्टिङ गर्नुभएका सापकोटाले हाल अमेरिकामा त्यहाँको सेयर बजारमा लगानी गर्नुहुन्छ ।
२६० पृष्ठ लामो उपन्यासमा उहाँले सेयर बजारमा गरिने लगानी, प्रवृत्ति, नाफा/घाटा, लगानीपछि लगानीकर्ताको मनोविज्ञानका विषयलाई कथानक रूपले पुस्तकमा चर्चा गर्नुभएको छ ।
५०० रुपैयाँ मूल्य तोकिएको पुस्तकले नेपाली नयाँ पुस्तालाई नेपाली र विश्वव्यापी शेयर बजारको प्रवृत्तिबारे जानकारी दिने सापकोटाले बताउनुभयो ।
पुस्तक सेजनका पूर्व अध्यक्ष तथा बिजमाण्डु डटकमका सम्पादक विज्ञान अधिकारी, कारोबार दैनिकका सम्पादक बालकृष्ण ज्ञवाली तथा रेडियो नेपालका आर्थिक पत्रकार भुवनप्रसाद आचार्य लगायतका पत्रकारहरूले सार्वजनिक गर्नुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्