तपाईँ सुन्दै हुनुहुन्छः

गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिद्वारा चार सय ८२ कैदीबन्दीलाई माफी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा चार सय ८२ जना कैदीलाई सजाय माफी मिनाहा गर्नुभएको छ ।

आज राष्ट्रपति कार्यालयले विज्ञप्तिमा जारी गर्दै जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको अवसर पारी चार सय ८२ कैदीलाई सजाय माफी गरेको जानकारी दिएको हो ।

“यही जेठ १२ गतेको मन्त्रिपरिषद्को बैठकको सिफारिसमा जेठ १५ गतेदेखि लागू हुने गरी रमेश थलङ भन्ने हेमबहादुर थलङ/लिम्बू समेतका चार सय ७५ र ज्येष्ठ नागरिक उदय नारायण गिरी समेतका सात जना गरी जम्मा चार सय ८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम गणतन्त्र दिवस, २०८० का अवसरमा माफी भएको छ”, राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button