पाल्पामा घाँस काट्दा रुखबाट लडेर एक जनाको मृत्यु
पाल्पा । पाल्पामा घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका २ सर्देवाका ४७ वर्षीय डिलबहादुर बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।
बुढाथोकी अस्ति बेलुका आफ्नो घरनजिकै रहेको स्वामीको रुखमा घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते हुनुभएको थियो ।
घाइते बुढाथोकीको उपचारको क्रममा आज दिउँसो युनाईटेड मिसन अस्पताल तानसेनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्