शारदा नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु
सल्यान । शारदा नदीमा नुहाउने क्रममा डुबेर सल्यानमा एक जनाको मृत्यु भएको छ ।
छत्रेश्वरी गाउँपालिका ५ घर भई शारदा नगरपालिका १४ तुसारेमा फुपूको घरमा पाहुना गएका अन्दाजी २३ वर्षीय गोविन्द कंवरको मृत्यु भएको हो ।
सोमबार दिउँसो सिद्ध कुमाख गाउँपालिका ३ ढोरचौरस्थित शारदा नदीमा नुहाउने क्रममा कंवर डुबेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नदीमा डुबेको स्थानीयले देखेपछि पानीबाट निकाल्दा बेहोस भएका कंवरलाई उपचारका लागि सल्यान जिल्ला अस्पताल ल्याइएको थियो ।
अस्पतालमा उपचार गर्ने क्रममा अस्पतालका डाक्टरले कंवरलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्