अब सांसदहरुले बायोमेट्रिक प्रणालीबाट हाजिर गर्नुपर्ने

काठमाडौँ । संघीय संसद्का सांसदहरूको विद्युतीय प्रणालीबाट हाजिर गरिने भएको छ ।
आज प्रतिनिधिसभाका सभामुख र उपसभामुखले विद्युतीय हाजिरीका लागि बायोमेट्रिक प्रणालीबाट नाम दर्ता गराउनु भयो ।
संसद् सचिवालयका अनुसार सबै सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन गरेपछि विद्युतीय प्रणालीबाट हाजिर हुने छ ।

प्रतिनिधिसभा बैठकमा सांसदहरु हाजिर गरेर घर जाने गरेको भन्दै विद्युतीय हाजिरीको प्रबन्ध गर्नुपर्ने माग उठिरहेको थियो । हालसम्म सांसदहरुले लिखित रुपमा हाजिर गर्दै आउनु भएको थियो ।
यसपटक प्रतिनिधिसभा नियमावलीमा पनि सांसदहरूलाई विद्युतीय हाजिरीको गर्नु पर्ने व्यवस्था गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्