राष्ट्रियसभा बैठक : सरकारको नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम माथि छलफल भएको छ ।
छलफलमा भाग लिँदै सांसदहरुले सरकारको नीति तथा कार्यक्रममा समावेश भएका विकास, अर्थतन्त्रको सुधार, स्वदेशी वस्तु उत्पादन र उपभोगलाई प्रोत्साहन जस्ता कार्यक्रम सकारात्मक भएको भन्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।
सांसदहरुले समावेशी, समन्यायिक विकासका लागि स्पष्ट रूपले नीति तथा कार्यक्रममा समावेश गरिनु, शिक्षा र महिला सम्बन्धि आत्मनिर्भर सम्बन्धि कार्यक्रमले प्राथमिकता दिइनुपर्ने बताउनुभयो ।
यस्तै, कृषि उत्पादनलाई उद्योगसँग जोडी मौलिक प्रविधिको संरक्षण, बजारीकरण गदै जीविकोपार्जनलाई टेवा पुग्ने गरी नीति तथा कार्यक्रम ल्याइनुपर्ने सांसदहरुले बताउनुभयो ।
सभामा सांसदहरु नरबहादुर विष्ट, दिलकुमारी राउत, कमला पन्त, जयन्तीदेवी राई, कुमार दसौदी, दुर्गा गुरुङ, गोमादेवी तिमिल्सीना, मोहमद खालित, विना पोखरेल, सुमित्रा विस, बामदेव गौतम लगायतले धारणा राख्नुभयो ।
नीति तथा कार्यक्रममाथिको छलफल आगामी बैठकमा समेत जारी रहनेछ ।
राष्ट्रिय सभाको अर्को बैठक भोलि मङ्गलवार दिनको १ः०० बजे बस्नेछ ।







प्रतिक्रिया राख्नुहोस्