रोल्पामा राष्ट्रिय कविता महोत्सव सम्पन्न
रोल्पा । रोल्पा नगरपालिकाको नगर साहित्य कला तथा सङ्गीत प्रतिष्ठानले आयोजना गरेको रोल्पा सृजना महोत्सव अन्तरगत चौथो राष्ट्रिय कविता महोत्सव सम्पन्न भएको छ ।

महोत्सवमा ‘अभिनय’ शीर्षकको कविताले प्रथम स्थान हासिल गर्यो ।
जेठ ५ र ६ गते सञ्चालित कार्यक्रमको उद्घाटन सदरमुकाम लिवाङको टुँडिखेलमा र समापन पर्यटकीय क्षेत्र सात दोबाटोमा रहेको सहिद स्मृति भ्यु टावरमा गरिएको थियो ।

प्रतियोगिताका लागि देश भरबाट १ सय ६५ वटा कविता प्राप्त भएकोमा १० वटा कवितालाई अन्तिम चरणको प्रतिस्पर्धाका लागि समावेश गरिएको थियो ।






प्रतिक्रिया राख्नुहोस्