‘सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यमा उल्लेख्य काम भएका छन्’
काठमाडौँ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा आरजु राणा देउवाले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यका क्षेत्रमा नेपालमा उल्लेख्य काम भएको बताउनुभएको छ ।

काठमाडौँमा आयोजित सुरक्षित मातृत्व सञ्जाल महासङ्घ नेपालको १२ औँ केन्द्रीय साधारण सभामा महासङ्घका अध्यक्ष समेत रहनुभएका डा देउवाले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको अवस्था विगतको तुलनामा उल्लेख्य सुधार आए पनि सरकारले लिएको लक्ष्य हासिल गर्न विशेष कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । यसका लागि ‘मिडवाइफ’ शिक्षालाई अझ प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ ।
महिलालाई सम्मानजनक सेवाको पहुँचमा पुर्याउन स्थानीय स्तरबाटै सचेतनामूलक कार्यक्रम सञ्चालनका लागि महासङ्घका प्रदेश र जिल्लाका प्रतिनिधिलाई उहाँले आह्वान समेत गर्नुभयो ।
साधारण सभामा राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी विच्छाले महासङ्घले मातृ मृत्युदर न्यूनीकरणमा विशेष योगदान पुर्याएको बताउनुभयो ।
साधारण सभामा महासङ्घका ३१ जिल्लाका ८० जना प्रतिनिधिहरुको सहभागिता थियो ।







प्रतिक्रिया राख्नुहोस्