तपाईँ सुन्दै हुनुहुन्छः

निराशालाई युवा र विद्यार्थीहरूले चिर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजमा बढ्दै गइरहेको निराशालाई युवा र विद्यार्थीहरूले चिर्नुपर्ने बताउनुभएको छ ।

file photo

‘विद्यार्थी दिवस र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले समाजमा आशाको दीप प्रज्वलन गर्ने काममा कम्युनिष्ट पार्टीसँग जोडिएका अखिलका विद्यार्थी र युवाहरूले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

देशको मान, इज्जत, प्रतिष्ठा र कम्युनिष्ट पार्टीको आदर्श सिद्धान्तलाई आत्मसाथ गरेर युवा र विद्यार्थीहरू अगाडी बढ्नुपर्ने बताउनुहुँदै अध्यक्ष नेपालले विद्यार्थीहरूले आफ्नो जीवन राष्ट्र र जनताप्रति समर्पित गरे मात्र जीवन सार्थक हुने बताउनुभयो ।

जोश, जाँगर, उत्साह र उमङ्गले आशावादी बनाएकोले अब देशलाई अगाडी बढाउने काममा योग्यता देखाउन पछि नपर्न पनि उहाँले युवाहरूलाई आग्रह गर्नुभयो ।

अहिले लोकतन्त्र, गणतन्त्र र संविधान सङ्कटमा पर्न थालेको र सङ्घीयता जोखिममा रहेको अवस्थामा कम्युनिष्टहरुले फेरि जिम्मेवारी महसुस गर्नुपर्ने आवश्यकता रहेको अध्यक्ष नेपालको भनाई छ ।

जनजीविका, सामाजिक न्याय, समानता, समृद्धि र विकासलाई कम्युनिष्टहरुले तेस्रो झन्डाका रुपमा लिएको उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button