तपाईँ सुन्दै हुनुहुन्छः

किसानले समयै मल पाउँछन् : कृषिमन्त्री भुसाल

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. वेदुराम भुसालले यसपाली किसानलाई समयमै रासायनिक मल सहज रुपमा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ । 

राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको आज संसद् सचिवालय सिंहदरबारमा बसेको बैठकमा मन्त्री भुसालले किसानहरूले विगतका वर्षहरुमा झैँ रासायनिक मल अभावको समस्या भोग्न नपर्ने विचार  व्यक्त गर्नुभयो । 

बैठकमा सांसदहरु कमला पन्त, नारायण दाहाल, बामदेव गौतम, भुवनबहादुर सिंह, रमेशजंग रायमाझी, विमला घिमिरे, सिंहबहादुर विश्वकर्माले सरकारले किसानहरूलाई कृषि मल र विउविजन समयैमा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । 

समितिको बैठकमा सांसदहरुले किसानले पाउनुपर्ने कृषि अनुदान वितरण प्रक्रियालाई सहज बनाउनुपर्ने, कृषिजन्य बस्तुहरूको मागअनुसार बजार व्यवस्थापनलाई ध्यान दिइनुपर्ने बताउनुभयो ।  

बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले सरकारले दीर्घकालीन रुपमा नेपालमै रासायनिक मल कारखाना स्थापना गर्न पहल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button