तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेश सरकारमा लोसपा सहभागी हुने अध्यक्ष ठाकुरको भनाई

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेश सरकारमा पार्टी सहभागी हुने विषयमा सत्ता गठबन्धनका बीचमा छलफल भएको बताउनु भएको छ ।

लोसपाका अध्यक्ष ठाकुरले जनकपुरधाम विमानस्थलमा आज पत्रकारहरूसँग कुरा गर्दै मधेस प्रदेशमा सरकार पुनर्गठन हुँदा लोसपा सरकारमा जाने विषयमा करिब करिब सत्ता गठबन्धनका बीचमा सहमति भइसकेको बताउनुभयो ।

उहाँले साटवटै प्रदेशमा गठबन्धनमा रहेका दलहरूले नेतृत्व गर्ने सहमति भएको भन्दै उनले सोही सहमति अनुसार मधेस प्रदेशमा केन्द्रीय गठबन्धनको नृतत्वमा सरकारको पुनर्गठन हुने बताउनु भयो ।

विभिन्न कार्यक्रममा सरिक हुनका दागि आउनु भएका लोसपाका अध्यक्ष ठाकुरले जनकपुरधामको भानु चौकमा मधेश आन्दोलनको म्याण्डेड अनुसार मधेश आन्दोलनका पहिलो शहिद रमेश महतोको प्रतिमा बन्नु पर्ने पक्षमा आफूहरू भएको बताउनु भयो ।

मधेस सरकारको विषयमा आयोजना हुने सर्वपक्षीय परामर्शका लागि मधेश केन्द्रित दल सहित सरकारमा रहेका अन्य दलका ठूला नेताहरू जनकपुरधाम आउन थालेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button