तपाईँ सुन्दै हुनुहुन्छः

उद्योगपति दिनेश कुमार महतो विकास रत्न पदकबाट सम्मानित

बर्दिबास । मधेश प्रदेशका चर्चित उद्योगपति दिनेश कुमार महतो विकास रत्न पदकबाट सम्मानित हुनुभएको छ । गृहसचिव दिनेश भट्टराईले उद्योगपति महतोलाई सिंहदरबारस्थित गृह मन्त्रालयमा विभूषण अधिकारपत्र प्रदान गरेर सम्मान गर्नुभएको हो । 

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ सालको संविधान दिवस तथा राष्ट्रिय दिवसका दिन मधेश प्रदेशका चर्चित उद्योगपति दिनेश कुमार महतो विकास रत्न पदकबाट विभूषित गर्ने घोषणा गर्नुभएको थियो ।

‘नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा तपाईँबाट भएको उल्लेखनीय योगदानको सम्मानस्वरुप विकास रत्न पदकबाट विभूषण गरिएको छ’, विभूषण अधिकार पत्रमा उल्लेख गरिएको छ, ‘पदकको गरिमा अक्षुण्ण राख्दै नेपाल र नेपाली जनताको गौरव एवं श्रीवृद्धिमा तपाईँलाई थप सफलता प्राप्त हुनेछ ।’ 

महोत्तरीको भंगहा नगरपालिका—४ स्थायी घर भएका उद्योगी महतो समाजको विकासका लागि सक्रिय रहँदै आउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button