तपाईँ सुन्दै हुनुहुन्छः

आगलागीमा परि मृत्यु हुने ४ जनाको अन्त्येष्टि, पुरै गाउँ नै शोकमग्न 

अर्घाखाँची । अर्घाखाँचीमा आगलागीमा परि मृत्यु हुने ४ जनाको एकै घाटमा सामूहिक अन्त्येष्टि गरिएको छ । 

भुमिकास्थान–२ ढाकावाङ्गको जोगिथुमको जङ्गलमा लागेको आगो बस्तीमा पसेपछि नियन्त्रणमा लिन खोज्दा गत २६  गते जलेर स्थानीय ५ जना  घाइते भएका थिए ।

भुमिकास्थान नगरपालिका वडा नम्बर २ ढाकावाङ्ग निवासी मृतक ३५ वर्षीय पदम बेल्बासे ,७२ वर्षीय पीताम्बर बेल्वासे, ५२ वर्षीय घनश्याम बेल्बासे, ३६ वर्षीय माधव बेल्बासेको आज बागमारे घाटमा सामूहिक रुपमा अन्तिम दाहसंस्कार गरिएको हो । एकै परिवारका चारजनाको मृत्यु भएपछि गाउँ नै शोकमग्न भएको छ ।

पदम बेल्बासे, पीताम्बर भुसालको पाल्पाबाट रिफर गरि काठमाडौँ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो भने घनश्याम बेल्बासे र माधव बेल्बासेको कीर्तिपुर अस्पताल काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको थियो ।  

बुधबार अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी मिना अर्यालको नेतृत्वमा ईश्वरी बक्स गुल्मका गुल्मपती वासुदेव पङेनी, प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजाल, सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठ, अनुसन्धान अधिकृत खिमानन्द पोख्रेल, पत्रकार महासङ्घका अध्यक्ष लगायत सञ्चारकर्मीहरूको  टोलिले मृतकको घरमा पुगी घरपरिवार तथा आफन्तहरूलाई  सान्त्वना दिनुका साथै  तत्काल राहत स्वरूप रु. पचास हजारका दरले प्रमुख जिल्ला अधिकारी अर्यालले नगद राहत हस्तान्तरण गर्नु भएको थियो ।

घाइते २५ वर्षीया सङ्गीता बेल्बासेको पाल्पा मिशन अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button