तपाईँ सुन्दै हुनुहुन्छः

ट्रक दुर्घटना हुँदा एक महिलाको मृत्यु

सिन्धुपाल्चोक ।  हेलम्बुमा आइचर ट्रक दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । सोमबार साँझ हेलम्बु गाउँपालिका २ ढोडीनीको भित्री सडकमा  बा४ ख ५३८२ नम्बरको आइचर ट्रक दुर्घटनामा परेको हो । 

मालवाहक ट्रकमा सवार मध्ये हेलम्बु २ ढोडेनी बस्ने बर्ष ३० को पेमा तामाङको  घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ  । दुर्घटनामा घाइते  दुई जनालाई मेलम्ची नगर अस्पतालमा उपचार गरि थप उपचारका लागि धुलिखेल पठाइएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ ।

गाडी आफैँ ब्रेक फेल भई पछाडि गुड्दा सडक भन्दा १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनापछि चालक फरार रहेको र घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button