तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी जनकपुरधाममा शुरु 

काठमाडौँ । ‘पिस फोर अल’ शान्ति सबैको लागि अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी मधेस प्रदेशको राजधानी जनकपुरधाममा शुरु भएको छ ।

जी पी कोइराला फाउडेशन, आर्ट एण्ड कल्चर डिपार्टमेन्ट नेपाल र ड्रिम आर्ट ओल्ड इन्डियाद्वारा आयोजित ‘पिस फोर अल शान्ति’ सबैको लागि अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी शुरु भएको हो ।

वैशाख २२ गते शुक्रबारदेखि सुरु भएको चित्रकला प्रदर्शनी २६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । 

अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीको उद्घाटन गर्नुहुँदै मधेश प्रदेशका उद्योग वन तथा पर्यटन मन्त्री सुनिता यादवले यस प्रकारको प्रदर्शनीले मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्नुका साथै अन्तर्राष्ट्रिय सम्बन्ध बलियो बनाउन मद्दत पुग्ने बताउनुभयो । 

उद्घाटन कार्यक्रममा मधेश प्रज्ञा प्रतिष्ठान, जनकपुरधामका अध्यक्ष राम भरोस कापडी, आमसञ्चार प्राधिकरण जनकपुरधामका अध्यक्ष श्याम सुन्दर यादवले चित्रकला प्रदर्शनीले मधेस प्रदेशको कला संस्कृतिहरूको प्रचार प्रसार हुनुका साथै कलाकर्मीहरूको क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । 

प्रदर्शनीमा पेन्टिङ फोटोग्राफी, डिजिटल आर्ट, स्कल्पर्चलगायत विभिन्न प्रदर्शनीहरू हुने बताइएको छ । 

प्रदर्शनीमा नेपाल, भारत , बङ्गलादेश, अमेरिका, अष्ट्रेलिया,टूनिशीया, साउथ कोरिया ,इजरायललगायत विभिन्न देशहरूबाट कलाकारहरू सहभागी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button