तपाईँ सुन्दै हुनुहुन्छः

एमालेका सचिव रायमाझी र उहाँका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उहाँका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला अदालत काठमाडौँबाट आज उहाँहरू विरुद्धको पक्राउ पुर्जी लिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । 

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको भन्ने प्रकरणमा उहाँहरू विरुद्ध पक्राउ पुर्जी जारी भएको बताइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button