तपाईँ सुन्दै हुनुहुन्छः

कार्यवाहक राष्ट्रपतिसँग युरोपेली सङ्घका राजदूतको शिष्टाचार भेट 

काठमाडौँ । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग युरोपेली सङ्घका राजदूत नोना डेप्रेजले शिष्टाचार भेट गर्नुभएको छ ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको सो भेटमा उपराष्ट्रपति यादवले नेपाल र युरोपेली सङ्घबीच रहेको द्विपक्षीय सम्बन्ध थप मजबुत तथा सौहाद्र्धपूर्ण रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

सो क्रममा राजदूत डेप्रेजले नेपाल र युरोपेली सङ्घबीचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे जानकारी गराउनुभएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button