जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफल जारी

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने विषयको जरुरी सार्वजनिक महत्त्वको विषय छलफल भइरहेको छ ।
प्रस्ताव पेश गर्दै प्रस्तावक मदन कुमारी शाह (गरिमा)ले नेतृत्वले समय अनुसार फेर्न नसक्दा व्यवस्था फेरिएपनि अवस्था फेरिन नसकेको बताउनु भयो ।
उहाँले मुलुकमा लगानीको वातावरण बन्न सकेको कारण अर्थतन्त्र ओरालो लागेको, नीतिगत भ्रष्टाचार रोक्न नसकेका कारण अर्थतन्त्र सङ्कटमा पर्दै गइरहेको बताउनुभयो ।
जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरूले कृषिमा उत्पादन उत्पादकत्व बढाउने खालका योजनाहरू प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानु पर्ने बताउनु भयो ।
सांसदहरूले नेपालको अर्थतन्त्रमा संरचनागत रुपमानै समस्या रहेको, वैदेशिक व्यापार घाटामा रहेको, सरकारको आर्थिक सञ्चितको अवस्था ऋणात्मक हुनुले अर्थतन्त्रमा नकारात्मक प्रभाव परिरहेको बताउनुभयो ।
संसद्हरूले देशको आर्थिक परिसूचक चुनौतीपूर्ण अवस्थामा रहेकाले यसलाई सरकार र राजनीतिक पार्टीहरूले गम्भिरतापूर्व लिएर समस्या समाधान गर्नेतर्फ लाग्नु पर्ने बताउनु भयो ।
उक्त प्रस्तावको समर्थकमा अनिता देवकोटा, खिमलाल देवकोटा, जयन्ती देवी राई, जितेन्द्र नारायण देव, तुलप्रसाद विश्वकर्मा, दिल कुमारी रावल थापा (पार्वती), प्रमिला कुमारी, डा. विमला राई पौड्याल, शेखर कुमार सिंह र सुरेश कुमार आलेमगर रहनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्