तपाईँ सुन्दै हुनुहुन्छः

ओमनद्वारा साउदी अरेबियासामु ३६७ रनको चुनौती

file photo

काठमाडौँ । एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह ए अन्तर्गतको खेलमा  ओमनले साउदी अरेबियालाई जितको लागि ३६७ रनको लक्ष्य दिएको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमनलले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै  ३६६ रनको योगफल बनाएको हो । ओमनका पाँच ब्याटरले अर्धसतक प्रहार गरे । 

ओमनका जितेन्द्र सिंहले सर्वाधिक ८८ रनको योगदान दिए । उनले ७९ बल खेल्दै ११ चौका र दुई छक्काको मद्दतमा ८८ रनको योगदान गरेका हुन । त्यसैगरी ओमनका अर्का खेलाडी मोहमद नादिमले अविजित ७१ रन बनाउँदा स्वेब खानले ६८ तथा कप्तान जिसन मोक्सुदले ५४ रन जोडे ।  त्यस्तै कस्यप प्रजापतिले ५१ रनको योगदान दिए ।  

बलिङतर्फ साउदी अरेबियाका अतिफ उर रेहमानले तीन विकेट लिए भने अबदुल वाइदले दुई विकेट झारे । यस खेलको विजेता टोली समूह ए बाट सेमिफाइनलमा पुग्नेछन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button