तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको र उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको तथा  अन्य केहीको परीक्षण भइरहेको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।

उहाँ हाल भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेन्स (एम्स) मा भर्ना भई उपचाररत हुनुहुन्छ । राष्ट्रपति पौडेल यही वैशाख ६ गते थप उपचारका लागि भारत जानुभएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।

एन्टिबायोटिकको प्रयोगका कारण राष्ट्रपति पौडेल केही शिथिल हुनुभए पनि सामान्य हिँडडुल गर्ने अवस्थामा रहनुभएको खबर साथमा रहनुभएका परिवारका सदस्यबाट अवगत भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button