तनहुँ मतगणना अपडेटः स्वर्णिम ९,४८३ गोविन्द ४,४७२ र सर्वेन्द्र २,५६० मत
तनहुँ। तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेले १७ हजार ७७ मत गणना गर्दा दोब्बर बढी मतले अग्रता लिइरहनु भएको छ । पछिल्लो मतपरिणाम अनुसार वाग्लेले ९हजार४सय८३ मत प्राप्त गर्नुभएको छ ।
वाग्लेलाई पछ्याइरहनु भएका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ४हजार ४सय ७२ मत प्राप्त गर्नुभएको छ । भट्टराईलाई सत्ता गठबन्धनका दलहरुको समेत समर्थन रहेको छ ।
त्यसैगरी एमालेका उम्मेदवार सर्वेन्द्र खनाल २ हजार ५सय ६०मत पाउँदै तेस्रो स्थानमा रहनुभएको छ ।कुल ४२ वडा रेहको यस क्षेत्रमा अहिलेसम्म १२वडाको मत गणना सकिएको आयोगले जनाएको छ ।
निर्वाचन कार्यालय अनुसार तनहुँ-१ मा १ लाख २३ हजार ३०५ मतदाता रहेकोमा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको थियो ।
गएरातिदेखि सुरु भएको तनहुँको मतगणना जिल्ला समन्वय समितिको कार्यालय दमौलीमा भइरहेको छ ।







प्रतिक्रिया राख्नुहोस्