तपाईँ सुन्दै हुनुहुन्छः

पुस्तक नपाउने समस्या अन्त्य भयो : नेता पौडेल

गलकोट । नेकपा (माओवादी केन्द्र)का सचिव तथा पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले शैक्षिक सत्रको सुरुमै विद्यार्थीका हात–हातमा पुस्तक हुनु सरकारको मुख्य उपलब्धि रहेको बताउनुभएको छ ।

आफू शिक्षामन्त्री भएको नौ महिनामा नेपालका धेरै विद्यालयमा पूर्वाधार निर्माण भएको भन्दै अबको आवश्यकता शैक्षिक सुधार रहेको बताउनुभयो । आज बागलुङ नगरपालिका–९ तित्याङ र बागलुङ नगरपालिका–१० भकुण्डे जोड्ने रिठ्ठेखोला झोलुङ्गे पुलको उद्घाटनपछि पौडेलले समग्र बागलुङको विकासका लागि आफू खटिएको बताउनुभयो ।

उहाँले शैक्षिक सत्र सुरु भएको छ महिना बित्दासमेत विद्यार्थीका हातमा पुस्तक नपुग्ने समस्या सधैँका लागि अन्त्य भएको बताउँदै जनक शिक्षा सामग्रीलाई परिमार्जन गर्नुको विकल्प नभएको बताउनुभयो ।

नेता पौडेलले अहिलेको सरकारले सुशासन, रोजगारी सिर्जना र भौतिक संरचनालाई प्राथमिकता दिएर बजेट निर्माणको तयारीमा लागेको बताउनुभयो । सामुदायिक विद्यालय सुधार योजना अहिले कार्यान्वयन भइरहेको बताउँदै पूर्वमन्त्री पौडेलले अब भौतिक पूर्वाधारपछि गुणस्तरीय शिक्षाको विकासमा अहिलेको सरकार लाग्नुपर्ने आफूले सुझाव दिएको बताउनुभयो ।

बागलुङको प्रतिनिधि भएर दोस्रोपटक संसद् छिरेको भन्दै पौडेलले बागलुङका अधिकांश ठूला सडकका योजना अगाडि बढेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button