कोरोना भाइरसको सङ्क्रमणबाट भेरी अस्पतालमा एक जनाको मृत्यु
नेपालगन्ज । कोरोना भाइरसको सङ्क्रमणबाट नेपालगन्जस्थित भेरी अस्पतालमा एक जनाको मृत्यु भएको छ ।
बाँकेको राप्तिसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको अस्पतालले जनाएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेरी अस्पतालमा लगिएको थियो । उनलाई वैशाख १ गते कोभिड संक्रमण पुष्टि भएको थियो । उनलाई दमको पनि समस्या थियो ।








प्रतिक्रिया राख्नुहोस्