तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्ज नाकामा ८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित जमुनाहा नाकामा आज ८ जनामा कोरोना संक्रमण देखिएको छ । 

भारतका विभिन्न ठाउँबाट आएका विभिन्न जिल्लाका ८ जनालाई कोरोना संक्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिनुभयो । 

केही दिन यता भारतबाट नेपाल  फर्किने नेपालीहरूमा कोरोना देखिन थालेको छ । भारतमा कोरोना बढ्न थालेपछि घर फर्किने नेपालीहरू पनि बढेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button