तपाईँ सुन्दै हुनुहुन्छः

ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्न आग्रह गर्नुभएको छ ।

लगानी बोर्ड नेपालको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले दिगो विकासको लक्ष्यलाई समयमै प्राप्त गरी उच्च मध्यम आयको मुलुकमा स्तरोन्नति हुन ठूलो लगानीको आवश्यकता रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले वैदेशिक पुँजी तथा प्रविधि भित्राएर स्वदेशमै रोजगारी सिर्जना गर्ने, उत्पादन र उत्पादकत्व बढाउने तथा आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धन गर्नेतर्फ लगानी केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘सरकारसँग लगानीका सीमित स्रोतहरू रहेकाले स्वदेशी तथा विदेशी निजी क्षेत्रको सहभागिता अपरिहार्य छ । वैदेशिक पुँजी तथा प्रविधि भित्राई स्वदेशमै रोजगारी सिर्जना गर्ने, उत्पादन र उत्पादकत्व बढाउने तथा आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धन गर्नेतर्फ लगानीलाई केन्द्रित गर्नु आवश्यक छ ।’

नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता र प्राप्तिमा रहेको ठूलो अन्तरलाई कम गर्ने विषयमा सम्बद्ध सबै निकायले गम्भीरतापूर्वक सोच्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।

ठूला पूर्वाधार परियोजनाको विकास गर्न, ढाँचा तय गर्न, लगानीका स्रोत जुटाउन, परियोजनाको कार्यान्वयन, अनुगमन र सहजीकरण जस्ता विषयमा सम्बद्ध निकायबीच समन्वय गर्न प्रधानमन्त्रीले मुख्य सचिव र सचिवहरूलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button