तपाईँ सुन्दै हुनुहुन्छः

उद्योग वाणिज्य महासङ्घको निर्वाचन :  वरिष्ठ उपाध्यक्षमा रामचन्द्रको अग्रता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको एशोसिएटतर्फ वरिष्ठ उपाध्यक्षको मतगणना जारी  छ ।

अहिलेसम्म १ हजार मत गणना भइसकेकाे छ । अहिलेसम्म रामचन्द्र संघाईले अग्रता लिइरहनुभएको छ ।

उहाँले ३९० मत प्राप्त गर्नुभएको छ । यस्तै अञ्जन श्रेष्ठले ३३२ र उमेशलाल श्रेष्ठले २६८ मत पाउनुभएको छ । 

काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा मत गणना जारी छ। 

अहिलेसम्म एसोसिएटतर्फ उपाध्यक्ष र १९ सदस्य, वस्तुगत उपाध्यक्ष, जिल्ला/नगरतर्फका नजिता आइसकेका छन्।

 एसोसिएटतर्फको उपाध्यक्ष पदमा ज्योत्सना श्रेष्ठ विजयी हुनुभएको छ । महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित हुनुभएको छ । वैद्य रामचन्द्र संघई समूहबाट उठ्नुभएको थियो ।

वस्तुगत समूहको उपाध्यक्षमा हेमराज ढकालले विजयी हुनुभएकाे छ । उहाँ वरिष्ठ उपाध्यक्ष उमेशलाल श्रेष्ठको प्यानलबाट चुनाव लड्नुभएकाे थियाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button