२२ करोडको लागतमा चारवटा खानेपानी आयोजना निमार्ण हुँदै
विराटनगर। मोरङको रंगेली नगरपालिकामा ठुलाठुला चारवटा खानेपानी आयोजना सञ्चालनमा आउन लागेको छ । नगरपालिकाको ९ वटा मध्ये ६ वटा वर्डामा खानेपानी आयोजना निमार्णगर्ने लक्ष्य रहेकोमा पहिलो चरणमा चारवटा वर्डामा आयोजना निमार्णको काम भइरहेको छ ।
पालिकाको १,३,५ र ८ नम्वरवर्डामा ठेक्का सम्झौताभई आयोजना निमार्णको काम भइरहेको छ । रंगेली नगरपालिका तथा सङ्घीय खानेपानी ढल व्यवस्थापन आयोजना विराटनगरको सहयोगमा आयोजना निमार्ण हुन लागेको हो । नगरपालिकाले आयोजना निमार्णका जग्गा उपलब्ध गराएको हो ।
२०७८ साल साउन महिनामा निमार्णका लागी ठेक्का लागेको सो चारवटै आयोजना आगामी एकवर्ष भित्र सञ्चालनमा आउनेगरि काम भइरहेको रंगेली नगरपालिकाका प्रमुख दिलीप अग्रवालले बत्ताउनुभयो । आयोजना सञ्चालनमा आएपछि नगरक्षेत्रका साढे चारहजार घर धुरीमा स्वच्छ सफा एवं गुणस्तर पानी पुग्ने उहाँको भनाई छ ।
चारवटा खानेपानी आयोजनाको निमार्ण लागत २२ करोड ७ लाख रुपैयाँ रहेको छ । आयोजनाको अहिले सम्म ३४ प्रतिशत काम सम्पन्न भएको रंगेली खानेपानी खानेपानी उपभोक्ता सरसफाइ समूहका सचिव सन्दिप चिमोरियाले बत्ताउनुभयो ।
आयोजना अन्तर्गत १ र ५ नम्बर वर्डामा ३, ३ लाख लिटर तथा ३ र ८ नम्वरवर्डामा साढे दुई लाख साढे दुई लाख क्षमता भएका पानी टङ्की निमार्ण भइरहेका छन् ।
आयोजना सञ्चालनमा आएपछि नगरपालिकाको अहिलेको जनशख्यालाई हेर्दा आगामी ३० वर्ष सम्म नगरवासीले स्वच्छ र गुणस्तर पानी पिउन पाउने पालिका प्रमुख अग्रवालको भनाई छ । वाकी दुइवटा वर्डामा पनि आयोजनाको काम चाडै शुरु गर्न लागेको नगरपालिकाले जनाएको छ ।
अहिले सो नगरपालिकाको सात नम्बर वर्डामा एउटा खानेपानी योजना सञ्चालनमा छ । खानेपानी आयोजनाले बजार क्षेत्रमा मात्र पानी पु¥याई रहेको छ । अन्य क्षेत्रका नगरवासीले भने पिउने पानीका लागी टयुवेलको प्रयोग गरिहरेका छन् । यसरी खानेपानी आयोजना संचालनाम आउने भएपछि नगरवासी समेत खुशी भएका छन् ।
स्थानीय विनोद गिरीले अहिले टयुवेलको पानी प्रयोग गरिरहेकोमा आयोजना सञ्चालन आएपछि शुद्ध र स्वच्छ पानी पिउन पाइने बत्ताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्