प्रधानमन्त्री दाहाल र एमाले सचिव भट्टबीच भेटवार्ता

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ ।
कैलालीको अत्तरियास्थित सचिव लेखराज भट्टको घरमा उहाँहरुबीच भेटवार्ता भएको हो।
सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन महेन्द्रनगर जाने क्रममा प्रधानमन्त्री दाहाल गोदावरी नगरपालिका–१ स्थित सचिव भट्टको घरमा पुग्नुभएको हो ।
त्यस क्रममा प्रधानमन्त्री दाहाललाई एमाले सचिव भट्ट, उहाँकी धर्मपत्नीले फुल माला लगाएर स्वागत गर्नुभयो ।
तत्कालीन नेकपा भङ्ग भएपछि सचिव भट्टले माओवादी छोड्नुभएको थियो । सचिव भट्ट माओवादी केन्द्रमा रहँदा प्रधानमन्त्री दाहाल यसअघि पनि सुदूरपश्चिम आउनु हुँदा भट्टको घरमा आउने जाने गर्नुहुन्थ्यो ।








प्रतिक्रिया राख्नुहोस्