देशको आर्थिक अवस्था अत्यन्तै नाजुक अवस्थामा : सचिव भट्टराई

ताप्लेजुङ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले संसदीय शक्तिको उच्च प्रतिश्प्रर्धामा रहेका दलहरूले सरकारको नेतृत्व गर्नुपर्ने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल ताप्लेजुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अहिलेको निर्वाचन परिणामअनुसार पूर्णतया सफल कुनै दल नभएको उल्लेख गर्नुहुँदै संसदीय प्रतिश्प्रर्धामा की काँग्रेस सफल हो, की एमाले भन्नुभयो ।
उहाँले कांग्रेस वा एमाले दुई दल मध्ये एकले सरकारको नेतृत्व गरे अन्तर्राष्ट्रिय स्तरमा समेत विश्वास जित्न सकिने पनि बताउनुभयो ।
उहाँले १०० दिनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले कुनै गति लिन नसकेको बताउनुभयो । देशको आर्थिक अवस्था अत्यन्तै नाजुक अवस्थामा पुगेको भन्नुहुँदै सचिव भट्टराईले यही अवस्था कायम रहे अबको केही दिनपछि नेपालका कर्मचारी, सेना, पुलिस कर्मचारीले तलब नपाउने अवस्था सिर्जना हुने पनि बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्