प्रतिनिधिसभाबाट अभिलेख संरक्षणसम्बन्धी विधेयक स्वीकृत
काठमाडौँ । प्रतिनिधिसभाबाट ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ स्वीकृत भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीले प्रस्तुत गर्नुभएको राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अभिलेख संरक्षण (पहिलो संशोधन)विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको हो ।
मन्त्री किरातीले प्रस्तावमाथि उठेका जिज्ञासाका सम्बन्धमा अभिलेख संरक्षणसम्बन्धी व्यवस्था प्रविधिमैत्री बनाउन कानुन संशोधनको आवश्यकता परेको बताउनुभयो ।
उक्त प्रस्तावको सैद्धान्तिक छलफलमा सांसदहरू सुमना श्रेष्ठ, हितराज पाण्डे, मेटमणि चौधरी, रामकृष्ण यादव, महेशकुमार बर्तौला, नागिना यादव, सोविता गौतमलगायतले भाग लिनुभएको थियो ।
उहाँहरूले संसारको सबैभन्दा मूल्यमान वस्तु अभिलेख भएकाले अभिलेख व्यवस्थित र सुरक्षित तथ्याङ्क राख्ने उद्देश्य रहेको विधेयकलाई समृद्ध तुल्याउन सबै पक्ष र पाटोबाट सहयोग हुन आवश्यक बताउनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्