मधेश प्रदेशका परामर्शकर्ताहरूका लागि तीन दिने क्षमता अभिवृद्धि कार्यक्रम

काठमाडौँ । वैदेशिक रोजगार बोर्ड सचिवालयले मधेश प्रदेशका आप्रवासी श्रोत केन्द्र तथा उपकेन्द्रका परामर्श केन्द्रका परामर्शकर्ताहरूका लागि सञ्चालन गरेको तीन दिने क्षमता अभिवृद्धि कार्यक्रम आज सम्पन्न भएको छ ।
बाराको निजगढमा सोमबारदेखि सुरु भएको तीन दिने क्षमता अभिवृद्धि कार्यक्रम आज सम्पन्न भएको हो । कार्यक्रममा मधेस प्रदेशका जिलाहरूका २९ जना परामर्शकर्ताहरूको सहभागिता रहेको थियो ।
त्यस्तै , कार्यक्रममा मधेश प्रदेशमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम व्यवस्थापन गर्ने कार्यक्रम अन्तर्गतका प्रतिनिधिहरुको समेत प्रस्तुति र सहभागिता रहेको थियो ।
सचिवालयमा रहेको राष्ट्रिय आप्रवासी श्रोत केन्द्रमा एनएमआरसीमा सूचिकृत श्रोत केन्द्र एमआरसीमा रहेका परामर्शकर्ताहरूका लागि क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको हो ।

मधेश प्रदेशका परामर्शकर्ताहरूको लागि पहिलो पटक क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको एनएमआरसीका अधिकृत अञ्जली श्रेष्ठले जानकारी दिनुभयो। वैदेशिक रोजगारीमा जान चाहने र जाने प्रक्रियामा समस्यामा परेकाहरूलाई आवश्यक परामर्श दिन एवं प्रक्रियामा सघाउन परामर्शकर्ताहरूले सहयोग गर्ने गरेका छन्।
आप्रवासी श्रोत केन्द्र तथा उपकेन्द्रहरू जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय हाताभित्र रहेका छन्।








प्रतिक्रिया राख्नुहोस्