तपाईँ सुन्दै हुनुहुन्छः

सरकार र मिटरव्याज पीडितहरुबीच वार्ता शुरु

काठमाडौँ।सरकार र मिटरव्याज पीडितहरुबीच वार्ता शुरु भएको छ ।

गृह मन्त्रालयमा २ पक्षबीच वार्ता शुरु भएको गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले जानकारी दिनुभयो ।सरकारले मिटरव्याज पीडितहरूसँग वार्ता गर्न यसअघि समिति बनाएको थियो ।

सरकारले मिटरव्याजीहरुलाई कारबाही नगरेको भन्दै मिटरव्याज पीडितहरूले सङ्घर्ष गरिरहेका छन् ।मिटरव्याज पीडितहरूको एउटा समूह महोत्तरीबाट काठमाडौँ आएर आन्दोलन चर्काएपछि सरकारले वार्ता समिति बनाएको हो ।

सरकारले मिटरव्याजलाई अपराध मान्ने गरी कानून तर्जुमा पनि अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button