एमालेमै छु : भीम रावल

धनगढी । नेकपा एमाले नेता डा. भिम रावलले आफू एमालेमै रहेको बताउनु भएको छ । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले अन्तिम विन्दुसम्म आफू एमालेमै रहने बताउनु भयो ।
५ दशक लामो राजनीति जीवन एमालेमा समर्पित गरेको छु, नेता रावलले भन्नुभयो एमालेमा बस्न नदिने गरि घचेट्दै लगेमा त्यति वेला निर्णय लिनेछु, तर अहिले म एमालेको सदस्य छु । राष्ट्रियता र पार्टीको विधि, पद्धतिका पक्षमा आफु सदा अडिक रहेको उल्लेख गर्दै उहाँले दलका शीर्ष नेताहरूसँगको भेटघाट स्वभाविक भएको बताउनुभएको छ ।
नेता रावल केही दिन यता कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा राजनीति भेटघाटमा रहेको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्