तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुर गोल्डकप : क्यामरुन सेमिफाइनल प्रवेश

भोजपुर । भोजपुरमा जारी छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत सोमबार भएको अन्तिम क्वाटर फाइनल खेलमा उदयपुरलाई शून्यमै राख्दै एभिनियर फुटबल क्लब क्यामरुनले सेमिफाइनलको यात्रा तय गरेको छ । 

निर्धारित समयमा क्यामरुनको तर्फबाट ४ गोल हुँदा बसाहा यूथ क्लब उदयपुरले कुनै पनि गोल गर्न सकेन । क्यामरुनको तर्फबाट खेलको ६ औँ मिनेटमा जर्सी नम्बर १६ का खेलाडी नगुइनी, खेलको ६८ औँ मिनेटमा जर्सी नम्बर १० का टिमबा, ७३ औँ मिनेटमा जर्सी नम्बर १५ का एन सनगोउ र जर्सी नम्बर ४ का खेलाडी बोयोमोले एक/एक गोल गर्दे आफ्नो टिमलाई विजयी बनाए ।

प्रतियोगिताको म्यान अफ द म्याच क्यामरुनका जर्सी नम्बर १६ का खेलाडी नगुइनी घोषित भए । 

मङ्गलवार हुने पहिलो सेमिफाइनल खेल आयोजक भोजपुर जिल्ला फुटबल संघ र डाँगीहाट यूथ क्लब मोरङबिच हुने आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले बताउनुभयो । 

प्रतियोगितामा २ बाहिरी र ६ स्वदेशी गरी ८ टिमको सहभागिता रहेको थियो । विजेताले ५ लाख र उपविजेताले नगद ३ लाख पाउने छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button