तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग आज परामर्श गर्नु भएको छ ।

प्रधानमन्त्री प्रचण्डले आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग परामर्श गर्नु भएको हो ।

सो छलफलमा बुधबार चार बजे १० दलको बैठक बसाल्ने र मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button