तपाईँ सुन्दै हुनुहुन्छः

उच्चपदस्थ अधिकारीहरूको आवागमनमा नागरिकलाई सास्ती हुनुहुँदैन : राष्ट्रपति पौडेल  

गोरखा । राष्ट्रपति रामचन्द्र पौडेलले उच्चपदस्थ अधिकारीहरूको भ्रमणका क्रममा गरेको सवारीलाई आवागमन भन्नुपर्ने र आवागमनका क्रममा नागरिकहरूलाई सास्ती दिन नहुने बताउनुभएको छ । 

गोरखा सङ्ग्रहालयमा भएको पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पणपछि कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, “जनताका प्रतिनिधि हामी जनतालाई सास्ती दिने काम गर्नुहुँदैन । सवारीलाई आवागमन बनाई सरल बनाउनुपर्दछ ।”

गोरखा भ्रमण आफ्नो धार्मिक र सांस्कृतिक भ्रमण रहेको बताउनुहुँदै उहाँले गोरखा जिल्लाको पर्यटन प्रवद्र्धनका लागि आफ्नो तर्फबाट सहयोग हुने बताउनुभयो । 

राष्ट्रपति पौडेल कार्यक्रम सकेर काठमाडौँ फर्कनुभएको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button