कानुन कार्यान्वयनको बाधक अस्थिर राजनीति: मुख्यमन्त्री शर्मा

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कानुन कार्यान्वयनको बाधक अस्थिर राजनीति बनेको बताउनुभएको छ ।
नेपाल कानुन समाजद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘सङ्घ, प्रदेश, स्थानीय सरकारको प्रभावकारी समन्वय र स्थानीय सरकारको वर्तमान अवस्था र भावी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले राजनीतिक अस्थिरताका कारण कानुन कार्यान्वयन बाधक बन्दा वित्तीय सङ्घीयता सही ठाउँमा लागू नभएको बताउनुभयो । मुख्मयन्त्री शर्माले यसको प्रभावकारितामा जोड दिन सकेमात्र अपेक्षित विकास हुने जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रशासनिक सङ्घीयताको सही कार्यान्वयन हुन सकेको छैन । सङ्घीयता कार्यान्वयनका विषयमा प्रश्न उठ्नु स्वाभाविक छ । देखिएका ती समस्यालाई हल गर्नुपर्छ । जनता र राष्ट्रका लागि कानुन कार्यान्वयन आवश्यक कुरा हो तर चुनौती धेरै छन् । यसमा सम्बन्धित सबै सरोकारवालामाझ छलफल हुनुपर्दछ ।’
कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले प्रशासनिक भार नपर्ने गरी कानुन निर्माण गर्नु आजको पहिलो आवश्यकता रहेको बताउनुभयो । रासस







प्रतिक्रिया राख्नुहोस्