तपाईँ सुन्दै हुनुहुन्छः

स्ववियु निर्वाचन : कैलालीमा शान्तिपूर्वक मतदान जारी

धनगढी।  कैलालीमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको छ । 

कैलालीमा ९ वटा क्याम्पसमा स्ववियु निर्वाचनका लागि आज मतदान भइरहेको हो । ती सबै क्याम्पसमा बिहानदेखि शान्तिपूर्ण वातावरणमा मतदान जारी रहेको प्रहरीले जनाएको छ । 

यस्तै ४ वटा क्याम्पसमा निर्वाचन रोकिएको बताइएको छ । निर्वाचनलाई लक्षित गरि क्याम्पस परिसर र आसपास क्षेत्रमा यथेष्ट सुरक्षाकर्मी परिचालन गरिएको स्थानीय प्रशासनको भनाई छ । 

आज स्ववियु निर्वाचन हुन नसकेको विरन्द्र विधा मन्दिरमा भोलि चैत्र ६ गते र कैलाली बहुमुखी क्याम्पस तथा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा चैत्र ८ गते मतदान हुने कार्यतालिका रहेको क्याम्पस प्रशासनले जनाएको छ । 

यस्तै टिकापुर बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button