चौथो बर्दिबास महोत्सव सुरु
बर्दिबास । महोत्तरीको बर्दिबासमा चौथो बर्दिबास महोत्सव सुरु भएको छ । ‘उद्योग व्यापार र कलाको विकास गरौँ, साहित्य संस्कृतिको संरक्षण गर्दै प्रवर्द्धन गरौँ’ भन्ने नाराका साथ बर्दिबासमा महोत्सवको चौथो संस्करण सुरु भएको हो ।

महोत्सवको उद्घाटन गर्नुहुँदै नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न महोत्सवले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
व्यापार व्यवसाय, पर्यटन प्रवर्द्धन, कृषि उत्पादन र बजारीकरण, उद्योग तथा कलकारखाना सबै क्षेत्र धरासायी बनेको वर्तमान अवस्थामा बर्दिबास उद्योग वाणिज्य संघ र राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान महोत्तरीको संयुक्त आयोजनामा चौथो बर्दिबास महोत्सव आयोजना गरिएको बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णुबहादुर खड्काले जानकारी दिनुभयो । महोत्सव चैत १३ गतेसम्म सञ्चालन हुने उहाँले बताउनुभयो ।

महोत्सव परिसरमा करिब १७० भन्दा बढी व्यापारिक स्टलहरू राखिएको अध्यक्ष खड्काले बताउनुभयो । उहाँले महोत्सव सम्पन्न गराउन ५५ लाख खर्च हुने र आम्दानी ६० लाखको हाराहारीमा हुने अनुमान गरिएको उल्लेख गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्